धरान स् लोक–लक्ष्मी स्मृति प्रतिष्ठानले विगत तिन महिना देखि सडक मानवहरूलाई निःशुल्क खाना खुवाउँदै आएको तीन महिना पुरा भएको छ । पुनः एक महिना निरन्तरता दिने समेत प्रतिष्ठानले जनाएको छ ।
धरान ८ स्थित लांघाली सामुदायिक वनमा राखिएका ६० जनाभन्दा बढी सडक मानवहरूलाई पुस महिना भरी निःशुल्क खाना खुवाउने प्रतिबद्धता गरेको थियो ।
प्रतिष्ठानले सडक मानवहरूलाई खाना खुवाउन थालेको ३ महिना पुरा भएको अवसरमा आयोजित कार्यक्रममा प्रतिष्ठानका सदस्य रञ्जित श्रेष्ठले पुनःपुष महिना भरी निःशुल्क खानाको व्यवस्था गरिने घोषणा गरेका छन् ।
कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर तिलक राईले लोक–लक्ष्मी प्रतिष्ठानले गरेको सामाजिक कार्यको प्रशंसा व्यक्त गर्दै सम्पूर्ण टिमलाई नै धन्यवाद व्यक्त गरे ।