पथरी : प्रथम पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको आजको खेलमा देविगञ्ज फुटबल क्लबले ३-२ गोलअन्तरले जित हात पारेको छ । आजको खेल जितेपनी देविगञ्ज फुटबल क्लब लिगबाट बाहिरिएको छ भने पराजित वाईजिएफटीलाई समेत लिगबाट सँगै बाहिर लिएर गएको छ।

आजको खेलमा देविगञ्जको विजय सँगै नकआउट समीकरण समेत तय भएको छ। प्रतियोगिताको नकआउट चरणमा टेन नवोदय, न्यु स्टार, सिरिजङ्गा र रियल ब्रदर्सले खेल्ने भएका छन्।

आजको खेलमा वाइजिएफटीका अभय लिम्बुले खेल सुरु भएको ३ मिनेट बित्न नपाउँदै पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। खेलको २४ औँ मिनेटमा देविगञ्ज फुटबल क्लबका गोविन गुरुङले सन्तोष न्यौपानेको पासमा जवाफी गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

सो बराबरीलाई तोड्दै वाईजिएफटीका रोशन न्यौपानेले खेलको ४४ औँ मिनेटमा थप १ गोल गर्दै टिमलाई २-१ को अग्रता दिलाए। तर सो अग्रता समेत धेरै समय टिक्न सकेन।

खेलको ६९ औँ मिनेटमा देविगञ्जका कप्तान सन्तोष न्यौपानेले थप १ गोल गर्दै खेललाई बराबरीमा ल्याए। सन्तोष न्यौपानेले खेलको अन्तिम मिनेटमा थप एक गोल गर्दै टिमलाई ३-१ ले विजयी बनाए।

आजको खेलमा २ गोल गरेका देविगञ्जका सन्तोष न्यौपाने खेलको म्यान अफ द म्याच घोषित हुँदै पुरस्कृत भएका छन् ।

लिग चरणको अन्तिम खेल भोलि सोमबार टेन नवोदय फुटबल क्लब र रियल ब्रदर्स फुटबल क्लब बिच हुनेछ। दुवै टिमले नकआउट चरणमा स्थान सुरक्षित गरिसकेका छन् भने भोलिको खेल लिगको शीर्ष स्थानका लागि मात्र हुनेछ।

नकआउट चरणका खेलहरू पौष ८ गतेबाट हुनेछ। मोफसलमै पहिलो पटक लिलाम बिक्री मार्फत खेलाडी छनौट गरी ८ टिमबिच प्रतियोगिता सञ्चालन गरिएको हो।

प्रतियोगिताको विजेताले नगद १ लाख ७५ हजार पाउने छ भने उपविजेता टोलिले ७५ हजार प्राप्त गर्नेछ।