धरान : प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
प्रदेश सभाको संसद सचिवालयमा अहिले अविश्वासको प्रस्ताव दर्ता भएको प्रदेश सांसद लक्ष्मण तिवारीले जानकारी दिएका छन् ।
प्रचण्ड- नेपाल पक्षले प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यलाई अगाडी बढाइएको छ । त्यसका लागि निवर्तमान अर्थमन्त्री इन्द्रबहादुर आङ्बो प्रस्तावक, लक्ष्मण तिवारी समर्थक रहेका छन् । अविश्वासको प्रस्तावमा ३७ जना संसदहरुले हस्ताक्षर गरेका छन् ।





![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































