धरान : मोरङको विराटनगर महानगरपालिका-३ पिपल चोकमा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।

आज बिहान ८ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको NL01L5784 नम्बरको ईन्डियान लहरीले जेब्राक्रसिङमा बाटो क्रस गर्दै गरेका पैदल यात्री विराटनगर ४ का ७५ वर्षीय राम प्रसाद पोखरेललाई ठक्कर दिँदा घाइते भएका पोखरेलको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ठक्कर दिने लहरी र चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।