झापा : झापाको गौरादहस्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।
गौरादह नगरपालिकाको मझुवा चोक नजिक हिजो साँझ मे १० प ११६७ नम्बरको मोटरसाइकललाई तीव्र गतिमा आइरहेको मे ४ प २२७२ नम्बरको अर्को मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
हिजो साँझ भएको सो दुर्घटनामा परि गौरादह-७ स्थित नमुना अङ्ग्रेजी विद्यालयका शिक्षक ३६ वर्षीय होम उप्रेतीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उप्रेतीको उपचाका क्रममा बिर्तामोडस्थित बिएण्डसि अस्पतालमा ज्यान गएको हो ।
ठक्कर दिने मोटरसाइकलका चालक अजय राजवंशीसमेत घाइते भएको र उनको बिएण्डसि अस्पतालमा उपचार भइरहेको छ ।




































































