धरान : इलाम नगरपालिका ८ मा रहेको माईबेनी हाइड्रोपावरको ड्याममा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ ।

सोमवार दिउँसो साँढे १ बजेको समयमा उक्त हाइड्रोमा काम गर्ने कामदारहरू माईजोगमाई गाउँपालिका ५ सोताङका २० वर्षीय शेखर ढकाल र उनकै भाइ १८ वर्षीय प्रवीण ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी टोली खटी गई थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।