चतरा : हाल अमेरिकामा रहेका वराहक्षेत्र-३ बिचपानीका मिलन र नमिता चाम्लिङ दम्पतीले वाङ्गेका दुवै मिर्गौला रोगी भक्तबहादुर मगरलाई आर्थिक सहयोग गरेका छन् ।
चाम्लिङ राई दम्पतीले स्थानीय युवा प्रतीक राईको आग्रहमा बिरामी मगरलाई २० हजार रकम उपलब्ध गराएका हुन् ।
उक्त रकम मङ्गलवार अमेरिकामा रहेका राई दम्पतीका दाजु बलराम र बहिनी आशा चाम्लिङले मगरका काका डम्बरबहादुरलाई हस्तान्तरण समेत गरेका छन् ।
आर्थिक अवस्था कमजोर भएका २७ वर्षीय हाल मगर काठमाडौँमा उपचारार्थ छन् । ३ महिनादेखि थलिएका मगर नेपाल प्रहरीमा कार्यरत प्रहरी जवान हुन्




































































