धरान : धरानको होटेल गजुर प्यालेसले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा आफ्ना सेवाहरूमा छुटको अफर ल्याएको छ ।
होटेलको दोस्रो वार्षिकोत्सव यही माघ २५ गते हुदैछ । वार्षिकोत्सवको अवसरमा २५ गते साँझ ६ बजेदेखि १०ः०० बजेसम्म लाइभ ब्यान्डको प्रस्तुति रहने होटेल गजुर प्यालेसकी सिओओ रञ्जना झाले जानकारी दिइन ।
होटेल गजुर प्यालेस धरानमा रहेको थ्री स्टार स्तरको होटेल हो । होटेलमा ट्विन डिलक्स, लक्जरी डिलक्स, सुपरियर डिलक्स, एक्सक्लुसिभ डिलक्स र स्विट डिलक्स गरी ५ प्रकारका २८ वटा रुमहरू रहेका छन् ।
होटेलको प्रमुख विशेषता भनेको हाइजेनिक मेन्टेन नै भएको झाको दाबी छ । उनका अनुसार होटेलमा भेज र नन्भेज छुट्टा छुट्टै सेक्सन को व्यवस्था छ । खानाको स्वास्थ्यकर र रुमलाई निट एन्ड क्लिन राख्न कुनै कम्परमाइज छैन । यसका अलावा होटेलका रुमहरूमा जाडोमा तातो र गर्मीमा चिसो हुने एसीको सुविधा छ । चौबिसै घण्टा तातोपानीका साथै हस्पिटालिटि सर्भिसमा नमुना नै रहेको छ ।
धरानमा होटेल गजुर प्यालेस खुलेपछि प्रदेशमा आउने भिभिआइपी गेस्टहरू धरानमा नै आएर बस्न थालेका झाको दाबी छ । कूटनीतिक नियोगका प्रतिनिधिहरू, विभिन्न देशका राजदूत, कर्मचारीहरू लगायत होटेल गजुर प्यालेसमा आएर बस्ने गरेका छन् भने होटेल गजुर प्यालेसमा मल्टिनेशनल कम्पनीका ठुला ठुला सेमिनारहरू स्तरीय सेवा प्रदान गरेको होटेल व्यवस्थापनले जानकारी दिएको छ ।
धरानको पर्यटन प्रवर्द्धन र विकासमा सहयोगी भूमिकामा कार्य गर्दै आएको यसै वर्ष देखी विवाह, व्रतबन्ध,तथा ठुलाठुला पार्टी गर्न पार्टी हल समेत सञ्चालनमा ल्याएको व्यवस्थापनले जानकारी दिएको छ ।
दोस्रो वार्षिकोत्सवको अवसरमा भारी छुट र अफर
होटेलको दोस्रो वार्षिकोत्सवको अवसरमा छुटको अफर सार्वजनिक गरेको छ। माघ २५ गतेदेखि फागुन २ गतेसम्मकालागी होटेलको रुममा ५० प्रतिशत, खानामा २५ प्रतिशत, बार-ड्रिङ्कमा १० प्रतिशत र हलमा शत प्रतिशत छुट दिने सिओओ रञ्जना झाले जानकारी दिइन ।
होटेलका सञ्चालक गोपाल प्रसाद आचार्यका अनुसार वार्षिकोत्सवको अवसरमा हल बुक गर्नेहरूलाई जुनसुकै बेला पनि कार्यक्रम गर्न छुटको व्यवस्था रहेको छ ।


































































