धरान : सुनसरी रामधुनी नगरपालिका-१ का ३० वर्षीय हिरण चौधरीको करेन्ट लागेर मृत्यु भएको छ ।
शुक्रवार दिउसो साढे १२ बजे आफ्नै घरको अगाडी रहेको पानीको मोटर चलाउने क्रममा करेन्ट लागी घाइते भएका चौधरीको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा गए राती साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।