इटहरी : इटहरीको प्रतिष्ठित राष्ट्रिय जागृति क्लबलाई इटहरीमै सक्रिय अम्बे सहकारी संस्थाले जर्सी प्रयोजन गरेको छ ।

इटहरीमा एक कार्यक्रमको आयोजना गरी अम्बे बचत सहकारीका प्रबन्ध निर्देशक फडिन्द्र मगरले क्लबका अध्यक्ष बाशु श्रेष्ठलाई २५ हजार मूल्य बराबरको २० थान जर्सी हस्तान्तरण गरे ।

जर्सी हस्तान्तरण पश्चात् राजा क्लबका खेलाडीहरूलाई सिराहामा जारी दोस्रो मेयर गोल्डकप खेलका लागि बिदाइ गरिएको छ ।

सिराहा जिल्ला फुटबल सङ्घद्वारा आयोजित दोस्रो मेयर गोल्डकपमा राष्ट्रिय जागृति क्लबले आज सोमबार बी एफ सी भरतपुर चितवनसँग प्रतिस्पर्धा गर्दै छ ।

विजेताले तीन लाख रुपैयाँ हात पार्ने सो प्रतियोगिता फागुन २२ गतेसम्म चल्ने छ ।

कार्यक्रममा एन्फा सुनसरी अध्यक्ष केशव कार्की, कोषाध्यक्ष कोबिदजंग कार्की, राजा क्लबका कप्तान दिपेन तामाङ लगायतले शुभकामना व्यक्त गरे ।