धरान : महिला सञ्जाल धरानले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ११ जनाले रक्तदान गरेका छन् ।

धरानको भानुचोक स्थित लोकतान्त्रिक चौतारीमा सम्पन्न बृहत् रक्तदान कार्यक्रममा १ हजार रक्तदाताको अपेक्षा गरेपनी अपेक्षा अनुरुप रक्तदाता नआएको सञ्जालकी अध्यक्ष चेतना श्रेङले बताइन् ।

विशेष गरी अस्पतालमा कुनै पनि गर्भवती महिला, सुत्केरी, बाल-बच्चा तथा वृद्ध वृद्धा , घाइते तथा शल्यक्रियाका बिरामीहरूका लागी रगतको अभावमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले “नेतृत्वमा नारी : कोभिडको संसारमा सम्मान भविष्यको प्राप्ति“ भन्ने नाराका साथ यस वर्षको श्रमिक दिवसमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

धरानलाई रक्तदाताको सहर भनेर चिनाउने तिन संस्थाहरू बराह ग्रुप इन्डस्ट्रीज प्रा.ली, नेपाल रेडक्रस सोसाइटी धरान सुनसरी र नेवार एकता समाजलाई सञ्जाललाई सम्मान पनि गरेको छ ।