धरान : नेपाली कांग्रेसको भातृ संस्था नेपाल तामाङ सङ्घ, सुनसरीको सभापतिमा धरान-१७ का ढकेन्द्र तामाङ चयन भएका छन् ।
सङ्घको प्रथम जिल्ला अधिवेशनबाट उनी सर्वसम्मत सभापतिमा चयन भएको हो । अधिवेशनले अन्य पदाधिकारी र सदस्यहरू सहित २१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
नेपाली काँग्रेस सुनसरीका सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङका अनुसार उपसभापतिमा रोशनकुमार तामाङ (इटहरी) र मनोज योञ्जन (बराहक्षेत्र), सचिवमा राजेन्द्र घिसिङ (धरान) र दुर्गा तामाङ(धरान), कोषाध्यक्षमा ललितमान योञ्जन (धरान), सहसचिवमा कुलबहादुर तामाङ (बराहक्षेत्र) र सुमित तामाङ (धरान), सदस्यहरूमा चन्द्र तामाङ (इटहरी), सुजित तामाङ (इटहरी), सुवास तामाङ (धरान), मिलन योञ्जन (धरान), फुलकुमारी (सिता) तामाङ (धरान), चित्रा पाख्रिन (धरान), पञ्चमाया तामाङ (धरान), सविता जिम्वा (धरान), नन्दमाया तामाङ (धरान), विदुर तामाङ (बराहक्षेत्र), पन्ङ (बराहक्षेत्र), पन्छी वाइवा (इटहरी), कोपिला तामाङ (धरान) र सुजन तितुङ (धरान) रहेका छन् ।
सङ्घको ज्येष्ठ सदस्य राम तामाङको अध्यक्षतामा सम्पन्न प्रथम जिल्ला अधिवेशनमा प्रमुख अतिथि संघका केन्द्रीय सभापति कवेलबहादुर लामा, पार्टीका सुनसरी सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङ, जिल्ला सदस्यहरू राजदीप लामा, रमला तामाङ, गोविन्द बस्नेत, प्रदेशसभा निर्वाचन क्षेत्र १(२) का सभापति मुरारीप्रसाद भट्टराई, नेपाल ट्रेड युनियन कांग्रेसका १ नं. प्रदेश उपाध्यक्ष पन्छी वाइवा, नेपाल तामाङ संघका केन्द्रीय सदस्य राजु पाख्रिन, वित्तीय संस्थाका केन्द्रीय सदस्य रमेश तामाङ लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन पार्टीका सुनसरी जिल्ला सदस्य माधव घिसिङले गरेका थिए ।
वक्ताहरूले तामाङ जातिको विभिन्न साझा मुद्दाहरू, राजनीतिक अधिकार, पहिचान, राज्यको हरेक अङ्ग र निकायमा पहुँच, प्रतिनिधित्व तथा अवसरको सुनिश्चितताका लागि राजनीतिक ढङ्गले पार्टी र राज्यमा विषय उठान गर्न जरुरी रहेको बताएका छन् । उनीहरूले स्व. नेता भिमवहादुर तामाङले प्रतिपादन गरेको पहिचान भेटिने द्वन्द्व मेटिने सिद्धान्त र नीतिलाई व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिएका छन् ।
अधिवेशनमा प्रजातन्त्रवादी प्राध्यापक संघका १ नं. प्रदेश सभापति बद्री तामाङ, धनुषाका पार्टी महाधिवेशन प्रतिनिधि मदनदीप तामाङ, नेपाल तामाङ सङ्घ ललितपुरका पूर्व सचिव प्रकाश लामा, नेपाल तामाङ घेदुङ सुनसरीका अध्यक्ष सुरज लामा, धरान १८ का जनप्रतिनिधि सदस्य जमुना मोक्तान लगायतका तामाङ नेताहरूको समेत उपस्थिति रहेको थियो ।