धरान : धरानमा सिटी सफारीको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

सोमबार दिउसो २ बजे धरान-१५ श्यामचौंकमा पश्चिम बाट पूर्वतर्फ जाँदै गरेको को १ ह ७८५९ नंम्वरको सिटी सफारीले पैदल यात्री धरान-५ देउराली बस्ने वर्ष ३५ को किशोर बिकलाई ठक्कर दिएको थियो ।

सिटी सफारीको ठक्करबाट गम्भीर घाइते भएका विकलाई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

सफारी चालक धरान-१५ बस्ने वर्ष ४३ को मान बहादुर लिम्बु र सफारीलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।