झापा : झापाको मेचीनगर नगरपालिका-१५ फडानी स्थित काँसघारीबाट लागूऔषध ब्राउन सुगर सहित दुई जना जना भारतीय महिलालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

आज दिउसो साढे १ बजे भारत दार्जिलिङ बस्ने २७ बर्षीय सुनिता हेमरम र सोही स्थान बस्ने ३२ बर्षीय अनिता हेमरमलाई लागूऔषधी ब्राउन सुगर १५० ग्राम सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धुलाबारी झापाले जनाएको छ ।

पक्राउ परेका उपर थप अनुसन्धान भई रहेको सो कार्यालयले जनाएको छ ।