दुहबी : दुहबी तामाङ जातिको साझा जातीय संस्था नेपाल तामाङ घेदुङको सुनसरीस्थित दुहबी नगरपालिका कार्यसमितिको अध्यक्षमा कृष्ण योञ्जन सर्वसम्मत चयन भएको छ ।
नेपाल तामाङ घेदुङ सुनसरीको अध्यक्ष सुरज लामा पाख्रिनको अध्यक्षतामा सम्पन्न प्रथम भेलाले योञ्जनको नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
भेलामा प्रमुख अतिथि नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले, प्रदेश नं. १ का कोषाध्यक्ष जानुकला पाख्रिन लगायतले मन्तव्य राखेका थिए ।
भेलाले उपाध्यक्षमा सन्तोष थिङ र गीतादेवी तामाङ, सचिवमा मिलन स्याङवो, कोषाध्यक्षमा प्रमीला ब्लोन, सहसचिवमा अमर घिसिङ र सदस्यमा सीता घिसिङ, करेन्द्र कुमार लामा(ब्लोन), पेमा लामा (घिसिङ), मेलिना मोक्तान र राजकुमार मोक्तानलाई चयन गरेको छ । त्यसैगरी सल्लाहकारमा कृष्णकुमार योञ्जन र अमृत लामा योञ्जनलाई चयन गरेको छ ।
नव निर्वाचित कार्यसमितिका पदाधिकारी, सदस्य एवम् सल्लाहकारहरूलाई प्रमुख अतिथि गोलेले नेपाल तामाङ घेदुङको विधान, २०१३ बमोजिम शपथ ग्रहण गराएका थिए ।
नवगठित कार्यसमितिलाई घेदुङको विधान, झन्डा, बैठक पुस्तिका लगायतका आवश्यक सामाग्री समेत प्रदान गरिएको छ ।
नेपाल तामाङ घेदुङको केन्द्रीय महाधिवेशन यही चैत्र २७ देखि २९ सम्म काठमाण्डौंमा हुंदैछ ।