धरान : धरानमा श्रीमानले श्रीमतीलाई खुकुरी प्रहार गरेर बीभत्स हत्या गरेका छन् ।
धरान-८ को पायनियर स्कुल नजिकै बस्ने ३७ वर्षीय तिलबहादुर माझीले आफ्नै श्रीमती ३१ वर्षीय सम्झना भन्ने कमला माझीको खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार आज करिब ५ बजे तिर आफ्नै घरको कोठामा विभत्स तरिकाले खुकुरी प्रहार श्रीमानले श्रीमतीको हत्या गरेका हुन् ।
श्रीमतीको हत्या गरी खुकुरी सहित बाहिर निस्किएका तिलबहादुरलाई उनका बुवाले खुकुरी खोसेर फालेका थिए । तिलबहादुरले केही दिनदेखि अस्वाभाविक गतिविधि गर्दै आएको उनको पारिवारिक स्रोतले बताएको प्रहरीले जनाएको छ ।
खुकुरी सहित प्रहरीले तिलबहादुरलाई नियन्त्रणमा लिइएको डिएसपी बस्नेतले बताए । मृतकको टाउकोको पछाडि भाग र गर्धनमा काटिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । मृतकको शवलाई अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा लगिएको छ ।