धरान : विगतका सालहरूमा निकै ठुलो भिडभाडका साथ भव्य होली मनाउने धरानेहरु यस पटक कोरोना कहरको कारण यस पटक धरानमा होलीमा खासै भिडभाड भएन ।
दुई वर्षको होलीलाई कोरोनाले प्रत्यक्ष असर गर्यो । यस भन्दा अघिका वर्षहरूमा धरानको मुख्य चौक भानुचौक लगायतका बजार क्षेत्रहरूमा अचाक्ली भिडभाड हुने गर्दथ्यो ।
माछाभौडीमा मटका फुटाउने हाँडी फुटाउने गरिन्थ्यो । तर गत वर्ष देखि कोरोनाको कारण धरानमा होली पर्वको रौनक पुरै हराएको छ ।
धरान उपमहानगरपालिका र इलाका प्रहरी कार्यालय धरानले होलीमा समूहमा होली नखेल्न आग्रह गरेसँगै दरानवासीहरू पनि कोरोना सङ्क्रमणबाट संयमित भएका हुन् ।
आज तराईमा होली खोलिने दिन भएकोले धरानमा पनि सम्भावित स्थानहरूमा भिडभाड हुने स्थानहरूमा अरू बेलाको भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए ।