धरान : सुनसरीमा ३ जना सहित आज प्रदेश नं १ मा ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार आज थपिएकामा सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिकामा १ पुरुष, धरान उपमहानगरपालिकामा १ महिला र दुहबी नगरपालिकामा १ पुरुष गरी ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यसै गरी विराटनगर महानगरपालिकामा १ महिला २ पुरुष सँगै ३ जना, झापाको कनकाई नगरपालिकामा १ जना पुरुष र पाँचथरको कुम्मायक गाउँपालिकामा १ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
आज प्रदेश नं १ मा २ महिला सहित ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । अहिले सम्म प्रदेश १ मा जम्मा ३० हजार ३ सय ३९ जनामा कोरोना सङ्क्रमण भएको छ ।
२९ हजार ८ सय २३ जना निको भएका छन् भने ४ सय ६६ जनाको मृत्यु भएको छ भने अहिले ५१ जना आइसोलेसनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।