धरान : प्रदेश नं १ मा आज १९ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार आज सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिकामा १ जना महिला, इटहरी उपमहानगरपालिकामा २ जना महिला १ जना पुरुष, विराटनगर महानगरपालिकामा २ महिला ९ पुरुष, झापाको अर्जुनधारा नगरपालिकामा १ जना पुरुष, बिर्तामोड नगरपालिकामा १ जना महिला, दमक नगरपालिकामा १ जना पुरुष, प्रदेश बाहिरका १ पुरुष सँगै प्रदेश १ मा आज ६ महिला १३ पुरुष गरी जम्मा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
प्रदेश १ मा अहिले सम्म कोरोना सङ्क्रमितको जम्मा सङ्ख्या २९, ३३० पुगेको छ । यसै गरी डिस्चार्ज हुनेको सङ्ख्या २८,८१९, मृत्यु हुनेको सङ्ख्या ४३६ रहेको छ भने ७५ जना आइसोलेसनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।





![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































