धरान : २०७७ साल सुरु हुनु पहिले चैत्र ११ गते देखि कोरोना महामारीको कारण लकडाउन घोषणा भयो । लकडाउन घोषणा भएपछि जनजीवन असामान्य बन्दै गयो । दैनिक जीवन गुजारा गरेर जीवन यापन गर्नेहरूलाई लकडाउन रोग सँगै नराम्रो भोक बन्यो । २०७७ सालका चाडपर्वहरू कोरोनाकै कारण प्रभावित बन्न पुगे । आस्थाका धरोहर मठमन्दीरहरु र शैक्षिक सस्थाहरु बन्द भए । यसले झन जनजीवन असहज बन्दै गयो । तिनै २०७७ सालका केही तस्बिरहरूबाट २०७७ लाई फर्केर हेर्दा :
लकडाउन पछि सुनसान बनेको धरानको भानुचौक
धरानको मुख्य शहर लकडाउनमा
कोरोनाको डर : धरान १७ मा स्थानीयवासीले सडक यसरी अवरुद्ध गरेका थिए ।
धरान प्रबेश गर्ने सर्दु पुलमा गरिएको बाटो बन्द
लकडाउनमा रत्नचौक

लकडाउनमा धरान -१४ विजयपुरमा सुचना टाँस गर्दै

लकडाउन उल्लङ्घन गर्ने सर्वसाधारणलाई प्रहरीले नियन्त्रणमा लिएर पब्लिक हाई स्कुलको खेलमैदानमा कोरोना सम्बन्धी जानकारी दिँदै ।

उदयपुरको भुल्के
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको अभियान

धरान-१७ मा राहात वितरणमा सर्वसाधारणको भिड
धरान-३ को पालिका बजारलाई लकडाउनमा यसरी बन्द गरिएको थियो
बर्षमा एक पटक ढले पडेका बाँस काटने चलन अनुसार बुढासुव्वामा बैशाखेपुर्णिमामा बाँस काटिदै । माथि बुढासुव्वाको निशान ।
झापाको कचनाकवलबाट पठाइएका कोरोना सङ्क्रमितहरूलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक दिन अस्पताल बाहिरै राखिएका सङ्क्रमितहरू..
धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले व्लीचिङ पाउडर छर्कँदै ...
धरान १३ मा कोरोना सङ्क्रमित बिरामीलाई बोक्न एम्बुलेन्स एक दिन ढिलो मात्रै बिरामी लिन आएको थियो । माथि शिवधाराबासीलाई थर्मल गन बाट ज्वरो नाप्दै
लकडाउनको कारण मलको हाहाकार भएपछि सुनसरीको प्रकाशपुरमा मल लिने लाइनमा किसानहरू
२०७७ साल सलह किरा र फौजी किराको प्रकोपले पनि निकै प्रभावित रहयो ।
लकडाउन पछि सर्वसाधारणलाई आकर्षित गर्न होटल पर्यटन व्यवसायीले यसरी आफ्नो व्यापार व्यवसायलाई प्रवर्द्धन गर्न छाता झुन्डाए








































































