धरान : सरकारले सहरी क्षेत्रसहित सङ्क्रमण बढेका जिल्लाहरूमा वैशाखभर विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन् ।
कोरोनाबाट अति प्रभावित जिल्लाहरूमा काठमाडौँ, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङ छन्।
त्यस्तै रात्रिकालीन व्यवसाय, सिनेमा हल, डान्स बार, क्लब, दोहोरी साँझ, सभा, जुलुस, दर्शकसहितको रङ्गशालामा हुने खेलकुद, जिम खाना, पार्टी प्यालेस, स्विमिङ पुल, हाट बजारहरू जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न कठिन हुने भएकाले २०७८ वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको हो ।
यातायातस हित सार्वजनिक स्थानमा मापदण्ड बनाएर सञ्चालन गर्न सरकारले आजै राजपत्रमा सूचना प्रकाशित गर्दैछ ।





![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































