धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचाररत एक जना बृद्धा महिलाको मृत्यु भएको छ ।
प्रतिष्ठानको सह प्रवक्ता डा. चूडामणि पोखरेलले दिएको जानकारी अनुसार इटहरी-२ सुनसरीकी ७८ वर्षीय एक महिलाको उपचारको क्रममा अहिले १ बजेर ५८ मिनेटमा उपचारको क्रममा मृत्यु भएको हो ।
चैत्र २४ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनलाई २४ गते नै प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकको शव व्यवस्थापन नियम अनुसार भइरहेको प्रतिष्ठानले जनाएको छ ।