धरान : जिल्ला प्रशासन कार्यालय सुनसरीले दोस्रो कोरोना लहर (सेकेन्ड वेभ) मा कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पूर्ण निषेधाज्ञा जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको अध्यक्षतामा आज बसेको डिसिसिएमसीको बैठकले आज राती १२ बजे देखि लागु हुने गरी वैशाख ३१ गते सम्मका लागी पूर्ण निषेधाज्ञा जारी गरेको हो ।
सेकेन्ड वेभमा सुनसरीमा आजसम्म ५ सय १२ जना सक्रिय सङ्क्रमित रहेको र ९ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।
यो सँगै आजबाट जोर बिजोर प्रणालीबाट सञ्चालन हुँदै आएको यातायात सेवा पनि पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको छ।
बैठकले यस अघि ११ बजे सम्म सञ्चालन गर्न दिएको खाद्य लगायत अत्यावश्यक बस्तुका पसलहरू सञ्चालन गर्ने समयअवधी १ घण्टा छोटाइ १० बजे सम्म मात्र सञ्चालन गर्न दिने भएको छ ।
बैठकले अत्यावश्यक काम बाहेक हिँडडुलमा रोक लगाइएको जनाएको छ। अत्यावश्यक कामका सवारी साधन विषय उल्लेख गरेर मात्र चलाउन पाउने निर्णयमा उल्लेख छ ।
निषेधाज्ञाको उलङ्घन गर्ने व्यक्तिलाई सङ्क्रमण ऐन २०२० स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।







![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































