खोटाङ : खोटाङको हलेसी तुवाचुङ नगरपालिका(५ का लोकेन्द्र राईको १० वर्षीय छोरा टिहाङ राईको करेन्ट लागेर मृत्यु भएको छ ।
आज (बुधवार) बिहान पौने ८ बजेको समयमा घरबाट दिदीको घर तर्फ जाँदै गरेका बालकले बाटोमा रहेको बिजुलीको पोल छुँदा अचानक करेन्ट लागेर उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




































































