धरान : आज धरान-३ का एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ ।
धरान-३ बस्ने ५३ वर्षीय महिलाको आज उपचारको क्रममा १ः३८ बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचारको क्रममा भर्ना हुने बित्तिकै मृत्यु भएको प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलले जानकारी दिएका छन् ।
उनलाई वैशाख २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। उनी होम आइसोलेसनमै रहेको थिए । स्वास्थ्यमा प्रतिकुल समस्या देखिए पछि आज अस्पताल भर्ना हुने बित्तिकै उनको मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिए ।
मृतक महिला धरान-३ का वडा सदस्यको श्रीमती भएको बताइएको छ । यो सँगै धरानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या वैशाख यता ४ जना र जम्मा ८० जना पुगेको छ ।





![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































