इटहरी : नेकपा एमाले स्थायी कमिटी सदस्य भीम आचार्यले कारबाही फिर्ता गरेर केपी शर्मा ओलीले गल्ती सच्याएको बताएका छन्। पार्टी अध्यक्ष ओलीले कारबाही गरिएका ४ जना नेताहरूको कारबाही फिर्ता लिएपछि उनले खुसी व्यक्त गरेका हुन।

माधव नेपाल समूहका नेता आचार्यले फेसबुक पोस्ट मार्फत भनेका छन् 'कारबाही फिर्ता गरेर केपी ओलीले एउटा गल्ती त सच्याउनु भयो । अब फागुन २८ गतेको अर्को गल्ती सच्याएर पार्टीलाई २०७५ जेठ २ गतेको संरचनामा सम्पूर्ण रूपले लानु पर्छ ।'

वरिष्ठ नेता माधव कुमार नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई कारबाही गरेका थिए । कारबाही फुकुवा भए सँगै नेकपा एमाले भित्र सहमतिको नयाँ अध्याय सुरु भएको मानिएको छ ।

तर माधव नेपाल समूहले भने जेठ २ अर्थात् पुर्ववत एमालेकै हैसियतमा सबै कमिटी पुग्नुपर्ने माग राख्दै आएको छ । उता अध्यक्ष ओली समूह माओवादी केन्द्र छाडेर एमालेमै बसेका नेताहरूको व्यवस्थापन गर्नुपर्ने अडानमा छ।