झापा : झापामा आजबाट तेस्रो चरणको निषेधाज्ञा लागु भएको छ।
वैशाख मसान्तसम्मको निषेधाज्ञा जारी राख्ने निर्णय गर्दै जेठ ७ गतेसम्मलाई थप भएको छ। झापा जिल्लामा सङ्क्रमण बढिरहेको हुँदा रोकथाम र नियन्त्रण का लागि निषेधाज्ञा जारी राख्ने निर्णय भएको हो।
आजबाट लागु भएको निषेधाज्ञामा कडाइ गरिने झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले जानकारी दिए ।
यस अघि धेरै छुट दिइए पनि यो पटकको निषेधाज्ञामा कडाइ गरिएको छ। डीसीसीएमसीले औषधि खरिद तथा उपचार बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर समेत निस्कन नपाइने निर्णय गरेको झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिएका छन्।





![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































