धरान : बीपीको कोभिड-१९अस्पतालमा उपचारको क्रममा धरान-१७ की कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ ।
प्रतिष्ठानका सह-प्रवक्ता डा.चूडामणि पोखरेलले दिएको जानकारी अनुसार धरान-१७ बस्ने २८ वर्षीय महिलाको आज बिहान ४ः१५ बजे मृत्यु भएको हो ।
उनलाई ज्येष्ठ ९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो।
उनलाई पहिले देखिनै अरुनै बिरामी रहेको प्रतिष्ठानले जनाएको छ। यो सँगै धरानमा कोरोना सङ्क्रमणबाट दोस्रो लहरबाट २९ जनाको मृत्यु भएको छ ।


































































