विराटनगर : प्रदेश १ मा आज १ हजार ४२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
सङ्क्रमणमुक्त हुनेमा ४४१ महिला र ६०१ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङबाट मात्रै आज ५४५ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ३८ हजार ४३० पुगेको छ ।
प्रदेश १ मा आज ७१८ जना कोरोना सङ्क्रमित थपिएका छन् । मोरङमा ३०२, झापामा २९३, सुनसरीमा ४५, इलाममा २७, सोलुखुम्बुमा १३, धनकुटामा ७, उदयपुरमा ४, खोटाङमा ३, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २० जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ७१ महिला र ९६ पुरुष सहित १६७, सुन्दरहरैचामा २६, पथरीशनिश्चरेमा २३, केराबारीमा २०, सुनबर्षी, उर्लाबारी र बुढीगंगामा १०–१०, रतुवामाई र लेटाङमा ९–९, कटहरीमा ५, जहदामा ४, रंगेलीमा ३, बेलबारी र ग्रामथानमा २–२, धनपालथान र कानेपोखरीमा १–१, झापाको बिर्तामोडमा ७४, भद्रपुरमा ३८, बुद्धशान्ति र अर्जुनधारामा ३३–३३, कनकाईमा २८, मेचीनगरमा २१, दमकमा १५, शिवसताक्षीमा १४, बाह्रदशीमा १२, कचनकवल र गौरीगञ्जमा ५–५, हल्दिबारीमा ४, कमल गाउँपालिका र झापा गाउँपालिकामा ३–३, गौरादहमा १ र स्थानीय तह नखुलेका ४, सुनसरीको इटहरीमा १६, हरिनगरमा ८, दुहबीमा ६, रामधुनी, देवानगञ्ज र बर्जूमा ३–३, गढी, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा २–२ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यसैगरि इलामको माईजोगमाईमा ९, इलाम नगरपालिकामा ७, चुलाचुलीमा ४, सूर्योदयमा १ र स्थानीय तह नखुलेका ६, सोलुखुम्बुको नेचासल्यानमा ७, माप्य दुधकोशीमा ६, धनकुटाको धनकुटा नगरपालिकामा ४, छथर, पाख्रिवास र चौबिसेमा १–१, उदयपुरको रौतामाईमा १ र स्थानीय तह नखुलेका ३, खोटाङको बराहपोखरी, ऐसेलुखर्क र दिक्तेल रुपाकोट मझुवागढीमा १–१, पाँचथरको, ताप्लेजुङ, सङ्खुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २० जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५९ हजार ४६० पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार १०५ पुगेको छ ।
प्रदेश १ मा आज १ हजार ८०२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २९९ महिला र ४१९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।