इटहरी : नेपाली काँग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले शिक्षक तथा विद्यालयका कर्मचारीलाई खोपमा प्राथमिकता दिनुपर्ने बताएका छन् ।
दैनिक हजारौँ विद्यार्थीको बिचमा क्रियाशील हुनुपर्न शिक्षक तथा कर्मचारीहरू अबको प्राथमिकतामा पर्नुपर्ने उनले बताए ।
शनिवार सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उनले सरकारले अहिलेसम्म उनीहरूलाई खोप नदिएर देखाएको गैरजिम्वेवार व्यवहार प्रति दुःख व्यक्त गरेका छन् ।
सरकारले खोपको विषयमा चासो दिएर सकेसम्म चाँडो समस्या समाधान गर्नुपर्ने उनको भनाई छ ।
दैनिक हजारौं विद्यार्थीहरुका बिचमा कृयाशिल हुनुपर्ने शिक्षक तथा बिद्यालय कर्मचारीहरुलाई अहिलेसम्म पनि खोप नदिएर सरकारले देखाएको गैरजिम्मेवार ब्यवहारप्रती दु:ख व्यक्त गर्दै अग्रमोर्चामा काम गर्नुहुने शिक्षक तथा बिद्यालय कर्मचारीहरुलाई तत्काल खोपको व्यवस्था गर्न जोडदार माग गर्दछु।
— Dr Shekhar Koirala (@Shekharnc) June 5, 2021