धरान : श्रीमतीलाई दाउले हानेर हत्या गर्ने एक जनालाई इलाम प्रहरीले पक्राउ गरेको छ।
भोजपुर घर भई हाल इलाम देउमाई नगरपालिका-४ चित्रे डेरा गरी बस्ने ४५ वर्षीय ताक बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
हिजो बिहान साढे ८ बजे उनले आफ्नै श्रीमती ४६ बर्षीया सुर्जामाया तामाङलाई दाउले घाटीमा काटेर हत्या गरेको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय मङ्गलवारे इलामबाट प्रहरी टोली खटिगई उनलाई नियन्त्रणमा लिएको हो ।
घरायसी विवादका कारण श्रीमान् श्रीमतीमा विवाद भएको प्रारम्भिक अनुसन्धानबाट खुले पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


































































