खोटाङ : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्माका २८ वर्षीय सुवर्ण राईले आफ्नै बुबाको हत्या गरेका छन्।
आइतबार बिहान पौने ५ बजे उनले आफ्नै बुबा ७२ वर्षीय चन्द्र बहादुर राईलाई गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेको सूचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी टोली खटी गई सुवर्णलाई सोही वडाको अल्छेढुंगाबाट पक्राउ गरेको छ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनकारी दिएको छ।


































































