धरान : सुनसरी कार्य क्षेत्र पारेर पत्रकारिता गरिरहेका महिला पत्रकारहरूलाई महिला तथा बालबालिका सम्बन्धी एक दिने तालिम दिइएको छ ।
नेपाल पत्रकार महासङ्घ सुनसरीको आयोजनामा इनरुवा नगरपालिकाको सहयोगमा एक दिने तालिम इनरुवाको स्टार होटेलमा सम्पन्न भएको महासङ्घका अध्यक्ष जनकऋषी राईले जानकारी दिए ।
तालिममा प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश प्रमुख यज्ञ शर्मा र महिला अधिकारकर्मी शोभा बजगाईँले प्रशिक्षणको भूमिका निभाएका थिए । एक दिने तालिममा विशेष गरी महिला र बालबालिकाको गोपनीयता,सुरक्षा र त्यसबाट हुने फाइदा बेफाइदाका विषयलाई उठान गरिएको थियो ।
प्रशिक्षणहरूले सहभागी सञ्चारकर्मीहरूलाई सञ्चार क्षेत्रमा आबद्ध संचारकर्मीहरुले बिशेषत महिला र बालबालिकाको समाचार सम्प्रेषण गर्दा के गर्न हुने र के गर्न नहुने, दिनहुँ घटने बलात्कार, घरेलु हिंसा विरुद्ध आवाजÞ किन सुनाई हुन्न ? महिला हिंसा भएको कसरी बुझ्ने भोलिका दिनहरूमा यसको समाधान गर्न संचारद्वारा के–कस्तो भूमिका निर्वाह गर्नु पर्छ लगायतका विषयमा जानकारी गराएका थिए ।
समाजमा समाचारको कÞती सम्म प्रभाव परेको छ वा समाचारले गर्दा कस्ता समस्या निम्तिएका छन् सो कुराको समेत छलफल भएको थियो । समाचार महिला तथा बालबालिका माथि भएको दुर्व्यवहारलाई कसरी सञ्चारले सहयोग पुर्याउन सकिन्छ । सञ्चार माध्यमको भूमिका कस्तो खाले हुनु पर्दछ र साथै बढ्दै गएको महिलाको हिंसालाई निर्मूल गर्न सकिन्छ जस्ता विषयबारे छलफल भएको थियो ।
आत्महत्या विषयको किन समाचार हुन्न र आत्महत्या एउटा मानसिक रोगी भित्र पर्ने घटना यसलाई एउटा समाचार लेख्न सकिन्छ तर, कसरी लेख्ने लगायतका बारेमा सहभागी संचारकर्मीहरुले जिज्ञासा राखेका थिए ।
तालिममा सहभागी संचारकर्मीहरुले तालिम निकै प्रभावकारी र जानकारी मूलक भएको बताए ।








































































