धरान : धरान-८ को सिद्धकाली चोकमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मंगलबार दिउसो १ बजे धरान–८ बस्ने ५४ वर्षीय डिक प्रसाद बास्तोलालाई बा १३ च ३०८३ नम्बरको स्कारपियोले ठक्कर दिएको थियो । गम्भीर घाइते भएका बास्तोलालाई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा गए राति उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।

स्कारपियो र चालक मोरङको बेलबारी बस्ने २६ वर्षीय बुद्ध सेर्पालाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ ।