विराटनगर : प्रदेश १ मा आज ३५२ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
१ हजार ४३ जनाको पीसीआर परीक्षण गर्दा २०६ महिला र १४६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।
सामाजिक विकास मन्त्रालयका अनुसार आज मोरङमा १२६, झापामा १०७, सुनसरीमा ८८, धनकुटामा ८, सङ्खुवासभा र उदयपुरमा ४–४, ताप्लेजुङ र इलाममा ३–३, भोजपुरमा २, पाँचथर, सोलुखुम्बु र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
सुनसरीको धरानमा ४१, इटहरीमा ३५, इनरुवा र वराहक्षेत्रमा २–२ जना, देवानगन्ज, दुहबी, रामधुनीमा १–१ जना र स्थानीय निकाय नखुलेको ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मोरङको विराटनगरमा ४३, बेलबारीमा ३०, केराबारीमा १७, सुन्दरहरैचामा ११, बुढीगंगामा ८, पथरीशनिश्चरेमा ७, धनपालथानमा ३, उर्लाबारीमा २, लेटाङ, कानेपोखरी, रतुवामाई, कटहरी र स्थानीय तह नखुलेका १–१, झापाको बिर्तामोडमा २४, मेचीनगरमा २२, दमकमा १३, अर्जुनधारामा ११, भद्रपुरमा १०, हाल्दिबारी र कनकाईमा ६–६, बुद्धशान्ति, शिवसताक्षी, झापा गाउँपालिका र स्थानीय तह नखुलेका ३–३, कमल गाउँपालिकामा २ र बाह्रदशीमा १ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरि धनकुटाको धनकुटा नगरपालिकामा ४, महालक्ष्मी र स्थानीय तह नखुलेका २–२, सङ्खुवासभाको चैनपुरमा २, खाँदबारी र स्थानीय तह नखुलेका १–१, उदयपुरको चौदण्डीगढीमा २, त्रियुगा र बेलकामा १–१, ताप्लेजुङको श्रीजंगा, फुङलिङ र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिका, चुलाचुली र देउमाईमा १–१, भोजपुरको भोजपुर नगरपालिका र आमचोकमा १–१, पाँचथर, सोलुखुम्बु र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यसै गरी प्रदेश १ मा आज ४२७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २०९ महिला र २१८ पुरुष रहेका छन् । हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६७ हजार ९९५ पुगेको छ ।