धरान : प्रदेश युवा सञ्जालको अध्यक्षमा आरती भट्टराई चयन भएकी छिन् । आइतबार भएको भर्चुअल भेलाले भट्टराईलाई अध्यक्ष चुनेको हो।
राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको आर्थिक वर्ष २०७७र०७८ को ‘नमुना युवा सांसद अभ्यास’ कार्यक्रममा भट्टराई नमुना सामाजिक विकास मन्त्री समेत भएकी थिइन।
यही २२ गतेदेखि २६ गतेसम्म भर्चुअल रूपमा सञ्चालित कार्यक्रममा प्रदेश एक १४ जिल्ला बाट ४० सहभागी रहेका थिए।
११ सदस्यीय समितिको अध्यक्ष भट्टराईले विद्यार्थी नेतृत्व सँगसँगै सामाजिक कार्य पनि गर्दै आएकी छिन्।


































































