झापा : मोरङ जिल्लाको रङ्गेली-९ सखुवाथान घर भई झापा गौरादह-१ शीतल चौक बस्दै आएका ३९ वर्षीय सजिलाल रिख्यासनलाई आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ गरिएको छ।
रिख्यासनले गत असार ३१ गते आफ्नै श्रीमती ३४ बर्षीय संगिता टुडुलाई खेत नजिक रहेको टहरामा लगी कुटपिट गरी हत्या गरेर उनी फरार भएका थिए।
घटनाको जानकारी पाउनसाथ अनुसन्धान तथा खोजतलासमा खटिएको प्रहरी टोलीले फरार रहेका सजिलाल रिख्यासनलाई आज पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ परेका रिख्यासन उपर कर्तव्य ज्यान मुद्दामा कानुनी कारबाही तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


































































