धरान : ३९ औँ बिपी स्मृति दिवस धरानमा पनि विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ। बुधवार प्रदेश १ का संसदीय दलका नेता एवं काँग्रेस सुनसरी जिल्ला सभापति राजीव कोइरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने भएको हो।
नेपाली काँग्रेस धरान नगर समितिका अनुसार ३९ औँ बिपी स्मृति दिवसको अवसरमा धरान १३ स्थित बिपी पार्कमा बिहान ८ बजे बिपीको शालिकमा माल्यार्पण गर्ने, दिउँसो २ बजे धरान २ स्थित नवनिर्मित पार्टी कार्यालयमा विचार गोष्ठी कार्यक्रम आयोजना गरिएको छ।
धरान-२ स्थित बलबहादुर राई/भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको नाममा काँग्रेसको भवन निर्माण सम्पन्न गरिएको छ । उक्त भवनको औपचारिक रूपमा उद्घाटन भने भएको छैन । भवनको उद्घाटन अब केही दिनभित्रमा गरिने काँग्रेस नगर समितिले जनाएको छ ।

































































