धरान : आज ईद ऊ जोहा अथवा 'ईल उद अधा', धेरै नामले विश्वभरिका मुसलमान समुदायले यस वर्षको बकर ईद पर्व मनाउँदै छन्।
इस्लाम पात्रो 'हिजारी सम्वत' अनुसार नयाँ वर्षको 'जुल हिज्जा' महिनाको १० औँ दिन यो पर्व मनाइन्छ। नेपाल सरकारले बकर इदको अवसरमा सार्वजनिक बिदा समेत दिएको छ।
इस्लामिक पात्रो 'हिजारी सम्वत'अनुसार नयाँ वर्षको 'जुल हिज्जा' महिनाको १०औँ दिनमा यो पर्व मनाइन्छ । यस दिन बिहान सबैरै उठेर नुहाइ धुवाई गरी शुद्ध भई र खुला स्थान वा मस्जिदहरूमा गई नमाज पढ्नुका साथै अङ्गालोमा बाँधिएर एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।
नमाज पढेर घर फर्किएपछि खसी, बाख्रा, राँगा र भैँसीको कुर्बानी अर्थात् वली दिने परम्परा छ। वली दिइएको पशुको मासु तीन भाग लगाइन्छ, त्यसमध्ये एक भाग आफ्नो लागि अर्को एक भाग आफ्ना नजिकका मित्रलाई र अन्तिम तेस्रो भाग गरिब तथा असहायलाई दिने गरिन्छ ।
मुस्लिम धर्मग्रन्थ अनुसार आजभन्दा लगभग चार हजार वर्ष पहिले हजरत इब्राहिमले सपनामा आफ्नो परमेश्वरले आफ्नो सबै भन्दा प्रिय वस्तु मलाई चढाउ भन्दा आफ्नै छोरालाई आफैले छुरी रोपेर बलि दिएको देखेपछि भोलिपल्ट बिपनामा त्यसै गरी छुरी हान्दा छोरालाई केही नभई तर आफूसँग रहेको भेडा मरेपछि सोही घटनाको सम्झना स्वरूप यो पर्व मनाउन थालिएको हो। कुर्बानीको उद्देश्य जीवन र मरण सम्पूर्ण नै ईश्वरको लागि हो भन्ने भावना जागृत गराउनु हो।
आजको दिन मुस्लिम समुदायले आफ्नो परम्परागत पोसाक लगाएर शुभेच्छा, मिठा परिकार तथा प्रार्थनाहरू एकापसमा साटासाट गर्दछन्। यो पर्व तीन दिनसम्म मनाइन्छ र यसरी कुर्बानी गर्न नपाउने मुसलमानहरूले आफ्नो गाउँ लगायतका सामीप्य रहेको स्थानमा पैसा पठाउने गर्दछन्।
नेपाली मुस्लिम समुदायहरूले यो समय आफ्ना गैह्र मुस्लिम साथीभाईहरूलाई डाँकेर मुस्लिम विशेषताले भरिएका अनेक परिकार जस्तै खसिको मासु, बिरयानी तथा अन्य स्वादिष्ट मिठाइहरू खुवाउने र खुसीयाली साट्ने गर्दछन्।
बहुभाषिक, वहूधार्मिक नेपाली समाज धार्मिक सहिष्णुतामा अनेक धर्मसँगको सामीप्य र सम्मानजनक सामाजिक उपस्थितमा विश्वास गर्छ भन्ने कुराको सन्देश यो चाडले दिएको छ।





![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































