धरान : सुनसरीमा साउन ११ गते देखि सुरु भएको कोरोना विरुद्धको भेरोसिल खोप ४२ हजार ६ सय ९४ जनाले लगाएका छन् ।
साउन ११ गते देखि सुरु भएको चाइनिज भेरोसिल खोप अभियान अन्तर्गत सुनसरीका १२ पालिकाका ५४ वर्ष देखि माथिका उमेर समुहकाहरु, विश्व विद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक कर्मचारी र निजी सवारीका चालक र सहचालकहरूले भेरोसिल खोप लगाएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।
स्वास्थ्य कार्यालय सुनसरीका अनुसार धरान उपमहानगरपालिकामा १० हजार ९ सय ५४, इटहरी उपमहानगरपालिकामा १० सय ७ सय ७८, बराहा नगरपालिकामा ३ हजार १ सय ७८, रामधुनी नगरपालिकामा २ हजार ९ सय ८४, इनरुवा नगरपालिकामा ६ हजार ६८, दुहबी नगरपालिकामा २ हजार ५ सय ५८, हरीनगर गाउँपालिकामा ९ सय ८१, देवानगन्ज गाउँपालिकामा ८ सय ७६, बर्जू गाउँपालिकामा १ हजार २ सय ७०, गढी गाउँपालिकामा १ हजार ३ सय २६, कोशी गाउँपालिकामा ८ सय ७३ र भोक्राहानर्सिङ गाउँपालिकामा ८ सय ४८ जना गरी जम्मा ४२ हजार ६ सय ९४ जनाले भेरोसिल खोप लगाएका छन् ।
साउन १६ गते सम्मै कोरोना विरुद्धको खोप अभियान चल्ने बताइएकोमा एम मात्रा लगाउँदा हुने अमेरिकन जोनसन एण्ड जोनसन खोप सुनसरी जिल्लामा आई नपुगेकोले भेरोसिल खोप सकिएका पालिकाहरूमा आज देखि खोप अभियान स्थगित गरेका छन् ।
भेरोसिल खोप स्वास्थ्य कार्यालयले पठाएको पालिकाहरूमा मौजाद खोप भए आज पनि खोप अभियान चल्ने र सकिएको खण्डमा खोप अभियान स्थगित भएको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँले जानकारी दिए । उनका अनुसार जोनसन एण्ड जोनसन खोप यही साता भित्र सुनसरीमा आउनेछ ।





































































