चतरा : नेपाली काँग्रेस वराहक्षेत्रका नेता नवराज बस्नेतको पहलमा स्थानीय प्रकाशपुर चौकीलाई अक्सिजन कन्सन्ट्रेटर उपलब्ध भएको छ। ३ लाख मूल्य बराबरको उक्त कन्सट्रेटर शुक्रवार एक अनौपचारिक कार्यक्रमको आयोजना गरेर नेपाली काँग्रेसका महासमिति सदस्य बाबुराम विष्टले स्वास्थ्य चौकीका व्यवस्थापन समिति अध्यक्ष समेत रहेका वराहक्षेत्र वडा नं १० का अध्यक्ष महेन्द्रबहादुर खत्रीलाई हस्तान्तरण गरेका छन्।
सहज रूपमा स्थानीय क्षेत्रमै सेवाग्राहीहरूलाई अक्सिजन उपलब्ध गराउने उद्देश्य राखेर पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानका नेबिसंघ पूर्व सभापति अशोक बस्नेतको सक्रियतामा हङकङ नेपाली महासङ्घकाले अक्सिजन कन्सट्रेटर प्राप्त भएको पहलकर्ता नवराज बस्नेतले बताए। उक्त अक्सिजन कन्सन्ट्रेटर प्रति मिनेट १० लिटर उत्पादन गर्ने सक्ने क्षमताको रहेको छ।
हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली काँग्रेस महासमिति सदस्य बाबुराम विष्टले स्थानीयवासीको सेवा तथा सुबिधाकालागि नवराज बस्नेत मार्फत प्राप्त अक्सिजन कन्सन्ट्रेटरले स्थानीयलाई स्वास्थ्य सेवा प्राप्त गर्ने महत्त्वपूर्ण माध्यम रहेको बताए। स्थानीयवासीको चाहना र सेवा सुबिधाकालागि राजनीतिकरण नगरी काम गर्नु पर्नेमा जोड राखेका थिए । वडामा १५ शय्याको अस्पताल बनाउन जोड दिन राजनीति दलसँग वडाध्यक्ष महेन्द्रबहादुर खत्रीले आग्रह गरेका थिए।
हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्यद्बय शङ्कर बस्नेत, कालुराम चौधरी, महाधिवेशन प्रतिनिधि अनिल राई, महिला सङ्घ वराहक्षेत्र-१० सभापति कमला कट्वाल लगाएको उपस्थिति रहेको थियो। नेपाली काँग्रेस वराहक्षेत्रका सह सभापति नवराज बस्नेत मार्फत २ वटा आएको अक्सिजन कन्सन्ट्रेटर अर्को एउटा वडा नं ९ को स्वास्थ्य संस्थामा उपलब्ध गराइनेछ ।


































































