सोलु : सोलुखुम्बु जिल्लाको थुलुङदुधकोशी गाउँपालिका ८ दिप्लीघाटमा लु ३ त ५४५० नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ।

मृत्यु हुनेमा ट्याक्टर चालक उदयपुर कटारी का २६ वर्षीय रमेश राउत रहेका छन् भने सहचालक खोटाङ ऐसेलुखर्क ३ का १८ वर्षीय प्रदीप दाहाल समेत सामान्य घाइते भई स्थानीय स्वास्थ्ये केन्द्रमा उपचार भइरहेको छ।

हिजो दिउसो १० बजे सल्लेरीबाट सोताङ तर्फ जाने क्रममा आफै अनियन्त्रित भई सडक देखि १० मिटर तल खसी दुर्घटना भएको थियो।

घटनास्थलमा प्रहरी चौकी मुक्ली र जिल्ला प्रहरी कार्यालय सोलुबाट प्रहरी टोली खटि गई आवश्यक कानुनी प्रक्रिया पुरा गरी शवको पोस्टमार्टमको लागी जिल्ला अस्पताल फाप्लुमा पठाइएको छ।