धरान : मोरङ जिल्लाको ग्रामथान गाउँपालिका गिदनिया ५ का ३० वर्षीय सन्तोष विश्वासको करेन्ट लागेर मृत्यु भएको छ ।
हिजो दिउसो सँवा १ बजे ग्रामथान ५ लवारे स्थितमा रहेको कुखुरा फार्ममा खाने पानी भर्न मोटर जोड्ने क्रममा करेन्ट लागी बेहोस भएका विश्वासको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा दिउसो २ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।









































































