धरान : पूर्व मन्त्री एवम् सङ्घीय सांसद मीन विश्वकर्माले सरकारले बिपीका पदाधिकारीहरूलाई निलम्बन गर्ने प्रक्रिया सुरु गरिसकेको बताएका छन् ।
शुक्रवार धरानको गीता मन्दिरमा किशोर राई प्यानलको उम्मेदवारी घोषणाका कार्यक्रममा प्रमुख अतिथिको रूपमा आएका विश्वकर्माले सो कुरा बताएका हुन । उनले पदाधिकारीहरूलाई निलम्बन र प्रष्ठिानको शुद्धीकरण गरेर सुन्दर शैक्षिक गन्तव्य एवम् स्वास्थ्य क्षेत्रको रेफरल सेन्टरको रूपमा विकास गर्न सरकार लागि परेको बताए ।
उनले प्रष्ठिानको शुद्धीकरण सँगै धरान काँग्रेसको शुद्धीकरण पनि सुरु हुने बताए। धरानका केही काँग्रेसी नेताहरूले प्रतिष्ठानको दोहन गरेको तथा कमाउने भाँडो बनाएको आरोप लगाउदैं उनले भने "केही काँग्रेसी साथीहरू बन्नु भयो, त्यसलाई आयस्रोतको रूपमा मुगलान बनाउनु भयो तर विपी प्रतिष्ठान आफै बिरामी भयो, थलियो।"
बिपीको नाममा भ्रष्टाचार भएको, बिपीका नाममा दलाली भएको धेरै अवैध काम भएको सरकारले आन्दोलनकारीको माग सम्बोधन गर्दै पदाधिकारीहरूलाई निलम्बन गर्ने प्रक्रिया सुरु गरिसकेको बताए ।
        
                    
        
                                        
                                                                                                
        
        
        
















        
        
















































