धरान : झापाको अर्जुनधारा नगरपालिका-२ घर्लेनी टोल स्थित भित्री सडक खण्डमा क्रेनले किचेर एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरी बोधेबर्साइन-५ का ३५ वर्षीय जोगेन्द्र प्रसाद साह रहेका छन् ।
हिजो बेलुका पौने ६ बजे सुखानीबाट टाङटिङ खोला तर्फ जाँदै गरेको ना १ क ५४०० नम्बरको क्रेन गाडीको पछाडि साइडको भागमा चढी बसेको मदन भण्डारी लोक मार्गको पुल निर्माण गर्ने रसुवागढी कन्स्ट्रक्सन कामदार रहेका साहको क्रेनको पछाडिको बायाँ साइडको चक्काले किच्दा घटनास्थलानै मृत्यु भएको थियो ।
क्रेन र क्रेन चालक रौतहट रंगपुर-२ का २४ वर्षीय मुकेश चौधरी इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
        
                    
        
                                        
                                                                                                
        
        
        
















        
        
















































