मोरङ : मोरङको केराबारी गाऊपालिका-७ डाँगीबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही स्थानका ३० वर्षीय विशाल लिम्बु रहेका छन् ।

हिजो बिहान ८ बजे इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर १ ग्राम ९०० मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुमाथि इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।