धरान : धरानकालागी यमाहाको आधिकारिक विक्रेता विजयपुर ट्रेडर्सले यामाहा 'एफजेड भी३ एक्स कनेक्ट'को सार्वजनिक गरेको छ। आज सोमबार एक कार्यक्रमका बिच धरानमा रहेको यामाहाको सोरुम परिसरमा सो मोटरसाइकलको औपचारिक अनावरण गरियो।

सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गिरिधारी सापकोटा र विजयपुर ट्रेडर्सका सञ्चालक प्रभाव खतिवडाले संयुक्त रूपमा मोटरसाइकलको अनावरण गरे।

नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्ल्यु इन्टरप्राइजेजले एक्स कनेक्ट फिचरसहितको भिन्टेज एडिसन नेपालमा बिक्री सुरु गरेको हो।

कम्पनीले बिएस ६ इन्जिनसहितको यामाहा एफजेड भी ३ मा ब्लुटुथ कनेक्ट फिचर भएको यामाहा एफजेडको ४ कलर अप्सनमा नेपालमा ल्याएको हो । कम्पनीले भित्र्याएको डार्कनाइट भेरियन्टको मूल्य ३ लाख ८४ हजार ९०० रुपैयाँ रहेको छ भने अन्य तीन कलरको मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ रहेका कम्पनीको विज्ञप्तिमा उल्लेख गरिएको छ।

यामाहा एफजेड भी ३ को भिन्टेज एडिसनमा मुख्यतः यसको ग्राफिक्समा परिवर्तन ल्याएको, यसको सिटको साइज बढाएर अझै कम्फर्ट बनाएको तथा सिटमा लेदर मेटेरियल प्रयोग भएकाले प्रिमियम फिल प्रदान गर्ने कम्पनीले दाबी गरेको छ।

नयाँ मोटरसाइकलको बारेमा जानकारी दिँदै विजयपुर ट्रेडर्सका सञ्चालक प्रभाव खतिवडाले भने, ‘ब्लुटुथ सुविधा बाहेक बाइक १३५ केजीको अहिलेसम्मकै हल्का वजनको छ । यस बाइकमा १४० सेक्सनको रेडियल टायर राखिएको छ, साइड स्ट्यान्ड हटाइएको छ।’

यामाहाको हरेक एफ जेड सिरिजले हरेक पटक ग्राहकले खोजेजस्तै सुविधा दिएर नेपाली बाइक प्रेमीहरूको मन जित्न सफल भइरहेको खतिवडाले बताए । सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गिरिधारी सापकोटाले नयाँ बाइकले सबैको मन जित्ने आशावादी रहेको बताउँदै सफलताको शुभकामना व्यक्त गरे।

yamaha-fz-conncet-2yamaha-fz-connect-2