धरान : सुनसरीको वराहक्षेत्र नगरपालिका-८ बाट जुवा खेलिरहेको अवस्थामा नगद र कौडा सहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार गए राति साढे १२ बजे तिर वराहक्षेत्र नगरपालिका–८ बस्ने बहादुर खड्काको घरमा कौडा (जुवा) खेल भइरहेको छ भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षकको कमान्डमा टोलीले पक्राउ गरेको हो । कौडा सहित खालबाट नगद २ लाख ८२ हजार ५५ रुपैयाँ नगद बरामद भएको छ ।
पक्राउ पर्नेहरूमा वराहक्षेत्र बस्ने वर्ष ४६ को अगम तामाङ, वराहक्षेत्र -८ बस्ने वर्ष ४१ को वसन्त राई, सोही स्थान. बस्ने वर्ष ६८ को मदन घिमिरे, वर्ष ४२ को विनोद रौनियार, वर्ष २८ को सन्जु श्रेष्ठ, वर्ष ४६ को भुवन प्रसाद धमला,वर्ष ३१ को प्रमोद साह हलुवाई, वर्ष ३४ को प्रदीप साह हलुवाई, वर्ष ३० को विजय कुमार साह, वर्ष ४० को जय नारायण मण्डल, वर्ष ६९ को खेमराज गौतम, वर्ष ६० को मुकुन्द अधिकारी, वर्ष ३८ को सञ्जय साह, वर्ष ४८ को केशव दाहाल र वर्ष ५४ को टेकेन्द्र कार्की रहेका छन् ।
पक्राउ परेका उनीहरूलाई मुलुकी अपराध संहिता-२०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम जिल्ला प्रशासन कार्यालय सुनसरीबाट दिन ३ (तीन) दिनको म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




































































