धरान : प्रदेश १ मा मुख्यमन्त्री राजेन्द्र राई सहित अन्य ४ जना मन्त्री र १ जना राज्यमन्त्री गरी ६ जनाले शपथ ग्रहण गरेका छन् ।
पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री सहित पाँच जनाले शपथ ग्रहण गरेका हुन् । काँग्रेस संसदीय दलका नेता हिमाल कार्कीले भौतिक पूर्वाधार विकास मन्त्रीमा, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आर्थिक मामिला तथा योजना मन्त्रीमा, काँग्रेसकै सांसद केदार कार्कीले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा, जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता जयराम यादवले सामाजिक विकास मन्त्रीमा, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णुमाया तुम्बाहाम्फेले सामाजिक विकास राज्यमन्त्रीमा पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री र मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । राज्यमन्त्रीलाई मुख्यमन्त्रीले पद तथा गोपनीयताको शपथ गराएका छन् ।





![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)





























































