इटहरी : नेकपा एमाले वडा कमिटी इटहरी १६ ले वडाका बाढी पीडितहरूलाई राहत वितरण गरेको छ।
स्थानीय टिकुलिया टोलका ४९ परिवार बाढी पीडितलाई राहत वितरण गरिएको एमाले इटहरी १६ का वडाध्यक्ष तेजनारायण चौधरीले जानकारी दिए । दसैँ लगत्तै आएको बाढीबाट प्रभावितहरूलाई तिहारको मुखमा केही सहज होस भनेर दाल, चामल, नुन, तेल प्रदान गरिएको चौधरीले बताए।
यस किसिमका सामाजिक कार्य आगामी दिनमा पनि निरन्तर जारी रहने चौधरीको भनाई छ । स्थानीय हक्राहा खोलामा आएको बाढीले टिकुलिया टोल प्रभावित भएको थियो।


































































